२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

बर्दियाका ४२ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

बर्दियाका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको छ ।

आइतवार बिहान उपचारकै क्रममा भेरी अस्पताल नेपालगन्जमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ बर्दियाका ४२ बर्षिय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ बर्दियाका ४२ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारकै क्रममा आइतबार बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

यो सङ्गै कोरोना उपचारको क्रममा बाहिरी जिल्लाबाट बाँके जिल्लामा आई ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।