२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

मोटरसाइकलमा गस्ती गएका दुई जना प्रहरी बेपत्ता

कैलालीको धनगढी नजिक जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी बेपत्ता भएका छन् । मोटरसाइकलमा गस्तीमा गएका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद शनिबार राति १० बजेदेखि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दानबहादुर रोकायाका अनुसार नेपाल भारत सीमा मोहना नदी क्षेत्रमा ड्युटीमा गएका उनीहरु आइतबार बिहानसम्म नफर्किएपछि खोजतलास सुरु भएको हो ।

प्रहरीहरु बेपत्ता भएको जानकारी पछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतसहितको टोली खोजतलासमा परिचालित भएको इन्सपेक्टर रोकायाले बताए