दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिप्परले साईकलमा सवार यात्रुलाई ठक्कर दिदा छोरीको मृत्यु भएको छ भने बुवा घाईते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ८ मा दिउँसो करिव १ बजेतिर पूर्व तर्फ जाँदै गरेको रा १ ख २०२१ नम्वरको टिप्परले साईकल मार्फत पश्चिम भालुवाङ तर्फ आउँदै गरेका बाबु छोरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दूर्घटनामा परि दाङको गढवा गाउँपालिका वडा नं. १ जुराउनी निवासी २४ बर्षीया छोरी जमुना कुमालको मृत्यु भएको हो । उपचारका लागि लमही तर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
दूर्घटनामा परि जमुनाका बाबु ५७ बर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन् । बुद्धिरामलाई उपचारका लागि बुटवल पठाइएको छ ।