२०७७ मङ्सिर ९ गते मङ्गलवार
२०७७ मङ्सिर ९ गते मङ्गलवार

५० प्रतिशत अनुदानमा किसानहरुलाई गहुँको विउ वितरण

दंगीशरण गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई गहुँको विउ वितरण गरेको छ ।

गाउँपालिका अन्तर्गतका ८० वटा कृषक समूह , सहकारी संस्थालाई गहुँको विउ वितरण गरिएको कृषि शाखा प्रमुख सरु भुसालले जानकारी दिए ।गौतम, भृकुटी, एलएल ९७१ र बाणगंगा जातका ५ हजार ६ सय किलो गहुँको विउ वितरण गरिएको शाखाले जनाएको छ ।

दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमाकुमारी खड्का, लेखा प्रमुख सोमराज डांगीको उपस्थितिमा गहँुको विउ वितरण गरेको हो ।

सो अवसरमा कृषि शाखाका प्राविधिक सहायक मानबहादुर डाँगी, योगमाया कवँरलगाएतको उपस्थिति रहेको थियो ।