२०७८ भाद्र १७ गते बिहिवार
२०७८ भाद्र १७ गते बिहिवार

१ लाख ३७ हजारसहित घोराहीबाट ५ जना जुवाडे पक्राउ

दाङमा झन्डै डेढ लाख रुपैया नगद सहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १५ जनकल्याण टोल स्थित ३० बर्षिय प्रविण खत्रीको घरबाट शनिवार राती ९ उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ गरीएको हो ।

पक्राउ पर्नेहरुमा घरधनी खत्री सहित सोहि ठाउँका ३५ बर्षिय दिल बहादुर घर्ति मगर, ४० बर्षिय हेमन्त बुढाथोकी, ४९ बर्षिय भरत जिएम, २७ बर्षिय गोविन्द शाह रहेको डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट १ लाख ३७ हजार ९ सय ४० रुपैया नगद र प्रयोग भएका दुई गड्डी र प्रयोग नभएको दश गड्डी तास समेत बरामद गरिएको डिएसपी खड्काले जानकारी दिएका छन् । पक्राउ परेका जुवाडेहरु माथी थप अनुसनधान भईरहेको उनले बताएका छन् ।