समग्र लैंगिक उत्तरदायि जवाफदेहिता न्यायमा पहुँच सुदृढिकरणका लागि किशोर–किशोरीलाई जिवन उपयोगी सीप विकास तालिम दिईएको छ ।
डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलवस्तु, राप्ती गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा किशोर–किशोरीलाई जिवन उपयोगी सीप विकास तालिम दिईएको हो ।
गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारि चौधरिको अध्यक्षतामा सुरु गरिएको तालिममा महिला तथा बालबालिका शाखा प्रमुख जिवन कुमारी जिसीले तालिम दिनुभएको सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिनुभयो ।