२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दंगीशरणमा कोभिड १९ अस्थाई अस्पतालको उद्घाटन

दंगीशरण गाउँपालिकामा कोरोना अस्पतालको उद्घाटन गरिएको छ । आईतबार एक कार्यक्रमका बिच दंगीशरण गाउँपालिका वडा नं. ६ बागरमा अस्पतालको उद्घाटन गरिएको हो ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले उक्त अस्पतालको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले कम खर्चमा राम्रो ब्यवस्थापन भएकोले भोलीका दिनमा काम गर्दै जादा आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गरे । अध्यक्ष चौधरीले लकडाउन खुकुलो भएसगैँ कोभिड १९ संक्रमितको संख्या बढ्दै गएकाले भोलीका दिनमा कुनै कोभिड संक्रमण ब्यक्ति फेला परेमा ब्यवस्थापनमा कठिनाई हुने भन्दै सजकता पूर्वक कोभिड १९ अस्थाई अस्पतालको स्थापना गर्ने गाउँपालिकाले सोच ल्याएको बताए । यस कार्यमा सबैको सहयोगबाट नै अगाडि बढ्न सहज हुने बताउदै आवश्यक पर्ने आर्थीक पाटोमा कुनै कसर बाकिँ नराख्ने बताए । “स्रोत र साधन गाउँपालिकाले ब्यवस्थापन गर्छ काम तपाई हामी मिलेर गरौँ कुनै प्रकारको अप्ठेरो हुने छैन ।” अध्यक्ष चौधरीले भने ।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष एंव स्वास्थ्य ब्यवस्थापन समितीका अध्यक्ष टंक बहादुर वलीले ३ महिनाका लागि यो अस्पतालको स्थापना गरेपनि कोभिडको बिरामी बढ्दै गएमा लम्ब्याउँदै लग्न सकिने बताए । तत्काल यस समयमा अनेक किसीमका चुनौती आउँन सक्ने भन्दै ब्यवस्थापनमा केन्द्रित रहेर कार्य गर्नु आजको आवश्यक्ता रहेको बताए ।

सो अवसरमा श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रविन गौतमले अस्पतालमा कोभिड लागेमा स्वासप्रश्वासमा समस्या उत्पन्न हुने भन्दै अक्सीजनको ब्यवस्था, रगत बाक्लो हुने लक्षण देखा पर्ने भएकाले रगतलाई पातलो पार्ने औषधि पारसिटामोल, भिटामीन सी, भिटामीन डि, डेक्सामेथासोन, लो मोलीकुलर वैट हेपेरीन भएको र आवश्यक परेमा अन्य औषधि ल्याउने प्रक्रियामा भएको जानकारी दिए । यस्तै अस्पतालमा एक जना डाक्टर र दुई जना नर्स रहेको उनले बताए ।

कार्यक्रममा हेल्थ असीस्टेन्ट दोर्ण वलीले अस्पताल स्थापना हुनु दंगीशरणका लागि राम्रो उपलब्धि भएको भन्दै भोलीका दिनमा औषधि नपाएर कुनै पनि बिरामी मर्नुपर्ने स्थिती नआउने वातावरण तयार पार्नुपर्ने बताए । कोभिडको समयमा कोहि पनि गैरजिम्मेवार भएर नलाग्न आग्रह गर्दै आफु सधै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले सबै मिलेर अगाडि बढेमा कुनै पनि समस्या नआउने बताए । स्वास्थ्यकर्मी सधैँ सेवामा तल्लीन हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा, विपद व्यवस्थापन समिती संयोजक बालकृष्ण भण्डारी, कोभिड १९ अस्पताल प्रमुख डा।विनोद कुमार धौलाकोटि, प्रहरी चौकि वागरका ईञ्चार्ज तिर्थ भुषाल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको शहजीकरण श्रीगाउँ प्राथमिक स्वास्थ्य चौकिका कोभिड फोकल पर्सन दिपकराज वलीले गरेका थिए ।