२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दंगीशरणमा बस दुर्घटना : ६ घाईते, २ जना गम्भीर

दंगीशरण दंगीशरण गाउँपालिका वडा नं. ५ मिरौलीमा बस दुर्घटना भएको छ । आज बिहान करीव १०ः१५ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख कमल थापाले जानकारी दिए ।

बसमा सवार र धान काट्दै गरेका स्थानीय गरि ६ जना घाईते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरी प्रमुख थापाले जानकारी दिए । उनीहरुलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारमालागि रीफर गरिएको छ ।

दंगीशरण गाउँपालिका बैबाङ्गबाट तुलसीपुर तर्फ जाँदै गरेको ना४ख ७८४८ न.. को बस अनीयन्त्रीत भई पल्टिएको प्रहरीले जनाएको छ ।

बस चालक र सहचालक भागेकाले बसमा कती जना सवार थिए भन्ने बिषयमा जानकारी नभएको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।