प्यूठान अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत चार जना डाक्टर, एक जना ईमरजेन्सीमा कार्यरत कर्मचारी र एक जना सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको प्यूठान अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेले जानकारी दिए ।
अस्पतालबाट प्रदान गरिने ओपिडी अन्तर्गतका फिजियोथेरापी, डेन्टललगायतका सम्पुर्ण सेवाहरु अर्को सूचना जारी नहुँदा सम्मकालागी बन्द गरिएको घिमिरेले जानकारी दिए । ईमरजेन्सी तथा प्रसुती सेवा भने संचालनमा रहने उनले बताए ।
उनका अनुसार अहिले अस्पतालका चार डाक्टर, एक कर्मचारी र एक सवारी चालक गरी ६ जना आइसोलेसममा रहेका छन । यसअघि अस्पतालका ५ जना स्टाफनर्स संक्रमित भइ उपचार पश्चात् निको भैसकेको घिमिरेले बताए ।