२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुर उपमहानगरका नगर प्रमुख पाण्डे कोरोनामुक्त

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे सहित दुई जना कोरोना मुक्त भएका छन् । गएको असोज २० गते नगरप्रमुख पाण्डे र उनका स्वकिय सचिवलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएपछि नगर प्रमुख होम आईसोलेसन र स्वकिय सचिव धर्मराज वली कोरोना विशेष अस्पताल बेलझुण्डीमा १४ दिन बसेका थिए ।

उनीहरुको दुई हप्तापछि किटबाट कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि नगरप्रमुख र स्वकिय सचिव सोमवार देखी सामान्य अवस्थामा फर्किएका छन् ।