२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

सञ्चारकर्मीमाथि लुटपाटको पत्रकार महासंघद्वारा ध्यानाकर्षण

लुटपाटमा संलग्नलाई कारबाहीको मागसहित ईप्रका तुलसीपुरमा पत्रकारहरुले ज्ञापनपत्र बुझाउँदै ।

रेडियो हाम्रो पहुँच एफएम तुलसीपुरमा कार्यरत संचारकर्मी सविता सुनारमाथि भएको लुटपाट तथा दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ दाङले गम्भिर ध्यानार्षण भएको जनाएको छ ।

कार्यालयबाट काम सकेर घर फर्केने क्रममा आइतबार साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ती सिनेमा हलको अघिबाट लुटपाट तथा दुव्र्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघ दाङले एक विज्ञप्ति जारी गम्भिर ध्यानार्षण भएको जनाइएको छ ।

नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीद्धारा जारी विज्ञप्तिमा कोभिड १९ को महमारीका बाबजु्ट पनि जनतालाई सुचना प्रदान गर्ने आफ्नो जिम्मेवारी पुरा गरेरहेकी सञ्चारकर्मी माथि भएको घटनाको महासंघ कडा शब्दले आपत्ति तथा निन्दा प्रकट गर्दछ भनिएको छ ।

हालसम्म पनि दोषि पक्राउ नपरेको भन्दै महासंघले तत्काल दोषि पक्राउ गरी कानुनी कारबाही गर्न आग्रह गरेको छ । साथै महासंघले सञ्चारकर्मीलाई सुरक्षित रुपमा आफ्नो जिम्मेवारी पुरा गर्ने वातावरण वनाईदिन र आगमी दिनमा यस्ता घटना दोहोरिन नदिन दाङ प्रहरी तथा प्रशासन समक्ष माग गरिएको छ ।

यस्तै सञ्चारकर्मी सुनारमाथी भएको लुटपाटको घटनाप्रति हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले दुख व्यक्त गरेको छ । संस्थाले सोमवार एक विज्ञप्ती जारी गरी आइतबार साँझ कार्यालयको काम सकेर घर फर्कने क्रममा सुनारमाथी भएको लुटपाट घटनाको भत्र्सना गरेको छ ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र सचिव ऋिषिराज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न दोषिको तत्काल पहिचान गरी यथाशिघ्र कारबाहीको माग गरिएको छ ।

साथै रेडियो र नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्वमा पत्रकारको टोलीले घटना प्रति ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तत्काल दोषि पहिचान गरी कारवाही गर्न माग गरेका छन् । डिएसपी सिंहले घटनाको बारेमा थप अनुसन्धान भईरहेको र दोषी चाडै नै पहिचान हुने आश्वासन दिएका छन् ।

फोनिज दाङले पनि गम्भिर ध्यानार्षण भएको जनाएको छ । घटनामा संम्लग्न दोषिलाई कारबाहीको दायरामा ल्याउन फोनिज दाङका अध्यक्ष प्रेम बहादुर राम्जाले आग्रह गरेका छन् ।
संचारकर्मी सुनारको एक थान एन्ड्रोइड मोबाईल, केहि सुनका गरगहना लगायत लुटपाट भएको हो ।