२०७७ मङ्सिर २० गते शनिवार
२०७७ मङ्सिर २० गते शनिवार

बबईमा थप १५ जनामा कोरोना, गाउँपालिका ६ गतेसम्म बन्द

बबई गाउँपालिकामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

बबई गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत सहित अन्यमा कोरोना संक्रमणको पुष्टि भएपछि गत असोज २८ गते जनप्रतिनिधि, कर्मचारी तथा स्थानिय गरी ३९ जनाको स्वाव संकलन गरी पठाइएकोमा १५ जनामा कोरोना संक्रमण पोजेटिभ आएको हो ।

आजको थप १५ जनासंगै बबई गाउँपालिकामा कोरोना संक्रमितटको संख्या ६७ पुगेको गाउँपालिका कोरोना पोकल पर्सन शरदराज गिरीले जानकारी दिए ।

यसैगरी आज बबई आइसोलेसनबाट कोरोना संक्रमित ५ जना निको भई फर्केका छन् । बबई गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आगामी कार्तिक ६ गते सम्म गाउँपालिका बन्द गरेको छ ।

आज एक विज्ञप्ति जारी गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा ममाहत सबै शाखाबाट प्राप्त हुने अत्यावश्यक बाहेक सबै वन्द हुने जनाइएको छ ।