२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कर्मचारीमा संक्रमण देखिएपछि भीम अस्पतालमा ओपीडि बन्द

चिकित्सकलगायत अस्पतालका धेरैजना कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि भैरहवास्थित भीम अस्पतालमा ओपीडि सेवा बन्द गरिएको छ ।

अस्पतालका सूचना अधिृकत डा. नारायण पोखरेलले चिकित्सकलगायत ११ जना कर्मचारी संक्रमित भएपछि काम गर्ने जनशक्तिको अभाव हुन थालेकाले ओपीडी सेवा बन्द गर्नु परेको बताए ।

उनका अनुसार ओपीडी सेवा बन्द गर्ने निर्णय अस्पताल प्रशासनले आइतबार गरेअनुरुप सोमबारदेखि कार्यान्वयन भएको हो ।
ओपीडी सेवा दसैंसम्मका लागि बन्द गरिएको हो ।

प्रसूती सेवा, आकस्मिक कक्ष, ड्रेसीङ, इन्जेक्सनको सेवा भने बन्द हुने छैन । कोरोना अस्पतालतर्फको सेवा पनि खुला छ । भीम अस्पतालमा हिजोआज दैनिक सरदर १ सय ५० जना बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।