२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

बुटवलकी ४४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

 

प्रतिकात्मक तस्वीर ।

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान एक संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलालाई सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो ।

त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार ती महिलामा मधुमेहको समस्या थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।