२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

‘लक्षण देखिएका संक्रमितको उपचार नि:शुल्क’ : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभित्र रहेका चारवटा कोरोना विशेष अस्पतालबाट लक्षण देखिएका सबै कोरोना संक्रमित बिरामीको उपचार निशुल्क रुपमा भैरहेको जानकारी गराएका छन ।

मुख्यमन्त्री पोखरेलले आज आफ्नो फेसबुक पेजमार्फत यस्तो जानकारी गराएका हुन ।

उनले लक्षणसहितका कोरोना बिरामीलाई कोरोना विशेष अस्पतालबाट दिइदै आएको निशुल्क उपचार सेवा यथावतै रहेको जानकारी दिएका छन ।

यसअघि संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको थियो ।

मन्त्रालयका अनुसार आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण गरिने तथा अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निशुल्क कोरोना परीक्षण हुने व्यवस्था गरेको छ । अन्य सर्वसाधारणले भने पैसा तिरेर कोरोना परिक्षण तथा उपचार गर्नुपर्ने प्रावधान मन्त्रालयले बनाएको छ ।

संघीय सरकारले बनाएको मापदण्डका अलावा मुख्यमन्त्री पोखरेलको यस्तो भनाई आएसङ्गै प्रदेशबासी जनतामा राहत हुने देखिन्छ ।