२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

लमहीमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

दाङको लमही नगरपालिका–५ मा होम आइसोलेसनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए ।

घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।