२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्यूठानबाट दाङ आउँदै गरेको बस दुर्घटना : चालकको मृत्यु, ३ घाइते

मंगलबार बिहान प्युठानमा एक यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी बस चालकको मृत्यु भएको र तीनजना यात्रु घाइते भएको प्युठान प्रहरीले जनाएको छ ।

प्यूठानबाट दाङको घोराही आउँदै गरेको ना४ख ५५६१ नम्वरको यात्रुबाहक बस मंगलवार विहान माण्डबी गाउँपालिका २ गोलवाङमा दुर्घटना हुँदा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी तीनजना घाइते भएका छन । जसमध्ये, दुईजनाको अवस्था गम्भीर रहेको र एकजनाको अवस्था सामान्य रहेको छ । उनिहरुलाई उपचारका लागि दाङको घोराही ल्याइएको प्रहरी निरीक्षक ढकालले बताए ।

घाइते हुनेमा माण्डवी – १ तिराम प्युठानका ६६ बर्षिय गोकर्ण अधिकारी, सोही ठेगानाका ४५ बर्षिया लक्ष्मी खत्री र बंगलाचुली गाउँपालिका दाङका ३० बर्षीया बसन्ता बिक रहेको प्रहरीले जनाएको छ ।