२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शनिबार बेपत्ता प्रहरी जवान साउदको पनि शव फेला

कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ ।

प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा मोहना नदीमै जवान साउदको शव भेटिएको हो ।

शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए ।

विकको शव मोहना नदीमा भेटिएको थियो । सम्पर्कविहीन भएका जवान साउदको शव चार दिनपछि मंगलबार सोही ठाउँमा भेटिएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।