२०७८ भाद्र २२ गते मङ्गलवार
२०७८ भाद्र २२ गते मङ्गलवार

बबई नदीमा डुवेर ७ बर्षिया बालिकाको मृत्यु

सांकेतिक तस्वीर ।

दाङको बबई नदीमा डुवेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ बर्षिया छोरी कृतिका चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मंगलवार दिउँसो आमाछोरी बबई नदीमा कपडा धुन गएको समयमा छोरीको डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक बालिकाको आमाले कपडा धुदै गर्दा छोरी बबई नदीमा खसेर डुवेको अवस्थामा पछि थाहा पाएपछि तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागी लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागी अस्पतालको शव गृहमा राखीएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।