२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

जनकल्याण माविमा विद्यार्थीले गरे तालाबन्दी

शान्तिनगर गाउँपालिका वडा नं. २ मा रहेको जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

विगत २२ बर्ष देखि बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक लोकराज गौतम लगायत ३ जना शिक्षकलाई विद्यालयबाट हटाइएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुले शिक्षक गौतम लगायत अन्य शिक्षकलाई विना कारण हटाइएको र विद्यालयमा पुनर्वाहलीको माग गर्दै तालाबन्दी गरेका हुन् ।

यता विद्यालयका प्रधानाध्यापक निम बहादुर केसीले आन्तरिक स्रोतको अभावमा ३ जना शिक्षकहरुलाई विद्यालयबाट विदाई गरिएको बताए । गाउँपालिकाले निजि शिक्षक नराख्ने प्राबधान लिएकाले शिक्षकहरुलाई विदाई गरिएको प्रधानाध्यापक केसीले बताए ।
आगमी कार्तिक १५ गते अभिभावक सहित छलफल गरी के गर्ने भन्ने निर्णय गरिने उनले बताए ।