२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

विपन्न तथा सिमान्तकृत किसानलाई कृषि सामाग्री हस्तान्तरण

गढवा गाउँपालिका वडा नम्बर ४ का बिपन्न तथा सिमान्तकृत किसानहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

आज मंगलबार एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कृषि सामाग्री हस्तान्तरण गरेका हुन् ।

सहकर्मी समाज सुर्खेतले प्रदान गरेको ९८ हजार बराबरको कृषि सामाग्री ९ जना बिपन्न तथा सिमान्तकृत किसानहरुलाई हस्तान्तरण गरिएको हो ।