२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

थप ३ हजार ९३ जनामा कोरोना पुष्टि, २१०८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७५५ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९६ हजार ६०९ रहेको छ ।

त्यसैगरी २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।