२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

बुटवल कोरोना बिशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु

बुटवलको कोरोना बिशेष अस्पतालमा बुधबार बिहान थप २ संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु का अनुसार बुटवल उपमहानगरपालिका – ११ देवीनगरका ४७ वर्षीय पुरुष र १७ मोतिपुरका ८१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । असोज २४ गते अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे र असोज २७ गते भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए ।