२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

फाइल तस्वीर ।

दैलेखको गुराँस गाउँपालिका–२ बान्द्रेमा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

आज बिहान बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका १० सागाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।