२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

२४ घण्टामा ५ हजार ७४३ संक्रमित थपिए, २६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र शुक्रबार दुई हजार ३९१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ७७६ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८०० जना रहेका छन् भने होम आइसोलेशनमा २९ हजार ४६ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ६५ जना छन्।