२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

बर्दियामा घाँस काट्न गएका युवाको बाघको आक्रमणमा परी मृत्यु

प्रतिकात्मक तस्वीर ।

बर्दियाको मधुवन नगरपालिका ३ भगरैयामा बाघको आक्रमणमा परी २६ वर्षिय गंगा खत्रीको मृत्यु भएको । घाँस काटिरहेको अवस्थामा बाघले झम्टेर उनलाई मारेको प्रहरी उपरिक्षक केदार रजौरेले बताए ।

सशस्त्रको बिओपी नजिक २५ मिटरको दूरीमा, पिल्लर नम्बर ८४ नजिकै घटना भएको प्रहरीले बताएको छ । यो क्षेत्र नेपाल भारत सीमाको खाता जैविक मार्ग हुँदै सीमासँग नजिक भारतको कतरनिया घाट वन्यजन्तु आरक्षसँग जोडिएको घना जंगल पर्दछ ।

यो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रबाट जंगली जनावर ओहोरदोहोर गर्ने ठाउँ हो ।