२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

कांग्रेस नेता भट्टराईको श्रद्धाञ्जली सभा सम्पन्न 

नेपाली कांग्रेसका नेता स्वर्गिय दुर्गा प्रसाद भट्टराईको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का नेता स्वर्गिय दुर्गा प्रसाद भट्टराईको १३ औं पुण्यतिथिमा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र ८ को संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का इकाई सभापति लीलामणि गौतमले अध्यक्षता तथा नेपाली कांगैसका महासमिती सदस्य तथा वडा नं. १ का एकाइ सभापति फल्कुदत्त भण्डारीको प्रमुख आथित्यमा श्रदाञ्ली सभा सम्पन्न भएको हो ।

सो अवसरमा नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य नारायण भट्टराई, स्वर्गिय भट्टराईका कान्छा भाई पारेश्वर भट्टराईले स्वर्गिय भट्टराईले पार्टिलेमा पार्टिमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
श्रद्धाञ्जली सभाको सहजीकरण नेपाली कांग्रेस इकाई सचीव भुप बहादुर केसीले गरेका थिए ।