२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कपुरकोटमा अबैध मदिरा बरामद गरी नस्ट

कपुरकोट बजार क्षेत्रबाट अवैधरुपमा उत्पादन गरिएका मदिरा सल्यान प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउनका लागि तयार पारिएको कच्चा पदार्थ १ सय ८५ लिटर र मदिरा बनाउने भाँडा ३ सेट बरामद गरिएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई जनक बहादुर भण्डारीले जानकारी दिए ।

मदिरा बरामद पश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी दिएको बताए। बरामद गरिएको मदिरा जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधी, स्थानीय ब्यापारी लगाएतको रोहबरमा कपुरकोट ३ स्थित डम्पीङ साइडमा नष्ट गरिएकोछ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले सञ्चालन गरेको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत कपुरकोेटबाट घरेलु मदिरा नियन्त्रणमा लिइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।