२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन ५ दिन बन्द

नेपालमा कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि बन्द भएको छ।

हिन्दूहरुको विशेष पर्व दसैंको अवसरमा मन्त्रालयको नियममित पत्रकार सम्मेलन शुक्रबारदेखि पाँच दिनका लागि बन्द भएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

गौतमले बुधबारदेखि परिस्किृत रुपमा पत्रकार सम्मेलन हुनेसमेत जानकारी दिएका छन्। मन्त्रालयले नियमित भिडियो लाइभमार्फत् गर्दै आएको पत्रकार सम्मेलन नगरे पनि कोरोनासँग सम्बन्धित जानकारी भने नियमित गराउने बताएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेके दिन २०७६ चैत ११ गतेदेखि पत्रकार सम्मेलन सुरु भएको हो।