२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

बाँकेमा टिप्परको ठक्करबाट बबईका नबिनको निधन

बाँकेमा टिप्परको ठक्करबाट दाङका एक व्यक्तिको निधन भएको छ ।

टिप्परको ठक्ठरबाट बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत गेमस्काउट दाङ बबई गाउँपालिका वडा नं. ५ बगरपुरका २३ बर्षिय नविन खत्रीको निधन भएको हो ।

रा १ ख ८०९ नं. को टिप्परले बाँकेको ढकेरीमा हिजो ठक्कर दिदा गम्भिर घाईते भएका खत्रीको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारकै क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

टिप्पर र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।