२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

पश्चिम दाङबाट १ सय गोरू तरुण दल र प्रहरीद्धारा नियन्त्रण

पश्चिदाङबाट गोरु तस्करी हुन लागेको आशंकामा करिव १०० गोरु नियन्त्रणमा लिइएको छ ।

पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ६ पञ्चकुलेमा गयराति करिब १० बजे तिर गोरु तस्करी हुन लागेको आशंकामा गोप्य सुचना पाएपछि तरुण दल दाङका जिल्ला अध्यक्ष टिका घर्ती र ईलाका प्रहरी कार्यालय खिलतपुरको समन्वयनमा गोरु तस्करी नियन्त्रणमा लिइएको हो ।

पञ्चकुलेमा राति १० बजे गोरु तस्करी हुन लागेको गोप्य सुचना आफुलाई आएको हुनाले तरुण दलका १२० जना युवाहरु सहित पञ्चकुलेमा गएर एक घरमा बाँधेको अवस्थामा गोरु नियन्त्रणमा लिएको अध्यक्ष घर्तीले बताए । तरुण दल र प्रहरी आउन लागेको थाहा पाएर सो स्थानबाट तस्कर भागेको हुनाले तस्करीहरु नभेटिएको हुन सक्ने उनले बताए ।

दाङमा गोरु तस्करीको विगविगी  बढ्न थालेको पाइएको छ ।