२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

जो जहाँ छौं, त्यही चाडपर्व मनाउन दाङ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय दाङले ‘जो जहाँ छौं, त्यही चाडपर्व’ मनाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोरोनाको महामारी बढिरहेकाले स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड पूरा गर्न समेत आग्रह गरेका छन् ।

उनले चाडपर्वमा आवतजावत बढिरहेको र भीडभाडले गर्दा जोखिम बढ्न सक्ने भन्दै अतिआवश्यक नभई घरबाट बाहिर ननिस्किन, शक्ति पीठ तथा मन्दिरहरुमा दर्शन गर्न नजान, भेला जमघट तथा शुभकामना आदान–प्रदान जस्ता कार्य नगर्न, नगराउन, देउसी भैलो नखेल्न र घरबाट बाहिर निस्कनै पर्ने भएमा स्वास्य सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ ।