२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

कोरोना अस्पताल बेलझुण्डीका व्यवस्थापक वलीलाई कोरोना

कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सुरुदेखि कोरोना विशेष अस्पतालमा संक्रमितको उपचारदेखि अस्पतालको व्यवस्थापनमा दिनरात खटेका वलीलाई कोरोना संक्रमण देख्रिएपछि अहिले उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सक र अन्य स्वास्थ्यकर्मी कोरोना विशेष अस्पतालमा जान सुरुको अवस्थामा डराउने बेला उनि भने निडरका कोरोना संक्रमितको उपचार, रेखदेख तथा व्यवस्थापनमा खट्ने गर्थे ।

अस्पतालका व्यवस्थापक वलीले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् । ‘अन्ततः मलाई पनि कोरोना संक्रमणले छाडेन, सुख्खा खोकी र ज्वरोका कारण कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराइरहेको छु’ उनले लेखेका छन् ।