२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

रुपन्देहीमा एक युवा लागु औषधसहित पक्राउ

रुपन्देहीमा एक युवा लागु औषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनुहँ जिल्लाको शुक्लगण्डकी नगरपालिका–२ स्थायी घर भएका २४ वर्षीय सन्दिप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क खड्काले जानकारी दिए ।

उनी रुपन्देहीको सिद्धार्थनगरपालिका –१३ स्थित बरप फक्याट्री नजिक सडकमा हातमा प्लाष्टिकको झोला बोकी हिडि रहेका अवस्थामा शंका लागेर चेकचाँज गर्दा लागु औधषसहित पक्राउ परेका हुन् ।

गुरुङको साथबाट डाईजेपाम २१२ ,फेनरागन २१२, नुफिन २१२ एम्पुल , नाईट्राजेपाम ३०० ट्याब्लेट फेला पारेको प्रवक्ता खड्काले बताए । अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।