२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

लुम्बिनी प्रदेशमा सबै जिल्ला अस्पतालबाट कोरोना उपचार गरिने

लुम्बिनी प्रदेशमा कोरोना विशेष अस्पतालबाहेकका सरकारी अस्पतालबाट समेत कोरोना उपचार गरिने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा शुक्रबार बुटवलमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अन्य सेवा प्रभावित नहुने गरी प्रदेशका सबै जिल्ला अस्पतालमा ५ बेडबाट कोरोना उपचार सुरु गर्ने निर्णय लिएको हो ।

लुम्बिनीमा १२ जिल्ला अस्पताल छन् । उक्त सेवा स्थापना गर्न केन्ऽ सरकारबाट प्राप्त सहयोगलाई परिचालन गर्ने र नपुग रकम प्रदेश सरकारसाग माग गरिने केन्द्रले जनाएको छ ।

यस्तै जटिल खालका बिरामीका लागि तत्काल बुटवलको कोरोना अस्पतालमा ‘हाइडिपेन्डेन्सी युनिट’ थप्ने बैठकको निर्णय छ ।