२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको बताएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।