२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

होम आइसोलेसनमा बसेकी संक्रमित महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर ।

कोरोना भाइरस संक्रमण भएर होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–७, की ५३ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो । आन्द्राको क्यान्सरको उपचारमा चितवन गएको बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनको भरतपुर क्यान्सर अस्पतालले कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्न भनेर घर पठाएको थियो । जिल्ला फर्किसकेपछि पनि उनमा कोरोना परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको थियो ।

कोरोना संक्रमित महिलाको मृत्यु भएको र नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए ।