२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

तुलसीपुरमा गाँजासहित ४ जना किशोर पक्राउ


तुलसीपुरमा एक पाउ गाँजा सहित ४ जना किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर ७ निबासी १९ बर्षका शिव विक, १६ बर्षका धिरज परियार, १६ बर्षका अनिल नेपाली र १५ बर्षका प्रविन परियार रहेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका सबैलाइ इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

गाँजा सेवन गर्दै गरेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनिहरूलाइ पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट एक पाउ गाँजा समेत बरामद गरेको प्रहरीले बताएको छ ।