२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तीमा कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ।

बाबुरामले ट्वीटरमार्फत् दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन आग्रह गर्दै बाबुरामले आफूहरू चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको बताएका छन्।