२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

पाल्पामा एक कोरोना संक्रमित पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

पाल्पामा शनिबार बिहान एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

तानसेनस्थित मिसन अस्पताल, भुषालडााडामा उपचारका क्रममा तानसेन नगरपालिका–१, गैरागाउँका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

ढाड दुख्ने समस्या भएपछि मिसन अस्पतालमा उपचारका लागि गएको वडा सदस्य नारायण न्यौपानेले बताए । मृतक पुरुषको मिसन अस्पतालबाट स्वाब संकलन गर्दा नौ दिनअघि कोरोना पोजिटिभ देखिएको थियो ।

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।