२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

छोराले गरे घरको छतबाट धकेलेर बाबुको हत्या

सांकेतिक तस्वीर ।

बुबाको हत्या आरोपमा दाङमा शनिबार एक जना पक्राउ परेका छन् ।

बंगलाचुली गाउँपालिका–२ का २२ वर्षीय वीरबहादुर विकलाई ४५ वर्षीय बुबा बालाराम विकको हत्या गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए ।

शुक्रबार राति पौने १२ बजेतिर घरायसी विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट धकेलेपछि लडेर उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।