२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कैदीमा ज्वरो र रुघाखोकीको लक्षण, केही निको केही बिरामी

कारागार शाखा तुलसीपुरमा झण्डै एक सय बढी कैदीलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिनुभयो । ४सय ५९ जना कैदी मध्ये १ सय बढीमा उक्त लक्ष्यण देखिएको थियो । ती कैदीहरुलाई रुघाखोको औषधि र तातोपानी, झोलीलो पर्दाथ,ज्वाँनोको सुप खुवाईएको थियो । अव १० ÷१२ जना मात्र सामान्य प्रकारका अस्वस्थ रहेका छन् ।

शुरुमा एक दुई जनामा मात्र रुघाखोकी लागेकोमा क्रमस झण्डै एक सय जनामा लागेको थियो । अव करिव करिव निको भई सकेको अबस्था रहेको जेलर परियारले बताउनुभयो । सिकिस्त भए मात्र पीसिआर टेष्ट गर्ने सरकारले निर्देशन दिएका कारण स्वावँ टेष्ट भने नगरिएको परियारले बताउनुभयो । अत्यन्त संबदेनशील स्थान कारागार पनि भएकाले कैदीलाई कोरोना लगायत कुनैपनि संक्रमण हुन खालका रोग प्रति कारागार शाखा सर्तक अबस्थामा रहने गरेको उहाँले बताउनुभयो ।

मापदण्ड अनुसार साँढे २ सय बढी राख्न नसकिने कारागारमा हाल ४ सय ५९ जना कैदीलाई राखिएको छ । कारागार शाखा तुलसीपुरमा २८ जना महिला, दुई जना आश्रीत बालबालिका र बाँकी पुरुष कैदीहरुलाई राखिएको छ ।

बर्षेनी कारागारमा गरिने बडा भोज पनि यसपालि सामान्य तरीकाले मनाईएको छ । कैदीहरुकै आयोजनामा बडाभोज मनाउने चलन रहेको छ । कैदीहरुलाई भेटघाट गर्न नदिने ब्यबस्था गरेकाले टीका लगाउने ब्यबस्था नभएको कारागार शाखाले जनाएको छ ।

कारागार शाखा तुलसीपुरमा ज्वरो,रुघाखोकी लागेका कैदीहरुको अबस्था के छ भनि जेलर युवराज परियारसँग समाचार सम्पाद सुशील बस्नेतले कुराकानी गर्नुभएको छ ।

कैदीबन्दीका आफन्तलाई दशैमा कारागारमा आउन रोक :
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार दाङले कैदीबन्दीलाई आफन्तबाट दसैंको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो ।

कारागार प्रमुख विष्णु प्रसाद पाण्डेका अनुसार कैदीबन्दीले आपसमा टीका लगाएर दसैं मनाउने छन् । कोरोना भाईरस संक्रमणको सर्तकतालाई ध्यानमा राखि यसपालिकाको दशैमा कैदीबन्दीका आफन्तलाई पनि कारागारभित्र प्रवेशमा रोक लगाईएको छ ।

कैदीबन्दीले दसैं मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरा लगायत खरिद गर्ने तयारी छ ।
केही कैदीबन्दीले दसैंको पूर्वसन्ध्यामा मुढा बिक्री भएको रकम परिवारलाई पठाएका छन् ।

कारागार शाखा घोराहीमा ११९ कैदीबन्दी र १५० थुनुवा छन् । कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ । गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द छ । जिल्ला कारागारमा भवनको क्षमता ७० जनाको हो । तर उक्त भवनमा क्षमताभन्दा बढी कैदी भएता पनि व्यवस्थापन गरिएको छ ।