२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

शुक्रबारदेखि बेपत्ता १० वर्षीय बालक मृत फेला

तस्वीर : ग्लोबल आवाज ।

शुक्रबार बुटवलबाट हराएका एक बालक शनिबार मृत भेटिएका छन् ।

बुटवल –८ दिपनगर बस्ने कृष्ण तिवारी र राधा तिवारीका १० वर्षिय छोरा निश्चल तिवारी शुक्रबार साँझदेखि सम्पर्कविहिन थिए । उनी शनिबार दिउँसो बुटवल–७ वन स्थित भित्र रहेको भनभने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले जानकारी गराए।

उनी आफ्ना साथीहरुसँग पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा डुबेपछि ती साथीहरु डरले फर्किएर कसैलाई केहि नभनेको हुँदा शनिबार सोधपुछ पछि सो स्थानमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले बताए ।

उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ मा अध्ययनरत थिए ।