२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

थप १७४१ जनामा कोरोना पुष्टि, ४ हजार ५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना  भाइरस स‌ंक्रमणमुक्त भएका छन् ।