२०७८ भाद्र २३ गते बुधवार
२०७८ भाद्र २३ गते बुधवार

हाँस्य कलाकार मनोज गजुरेलाई कोरोना संक्रमण

हाँस्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उहाँले बताउनुभयो । बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उहाँको भनाई छ ।

उहाँले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताउनुभएको छ ।