२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

तुलसीपुरमा एक व्यक्तिमाथि सांघातिक हमला गरी खुट्टा छिनालियो

सांकेतिक तस्वीर ।

तुलसीपुरमा गएराति एक व्यक्तिमाथि सामुहिक सांघातिक हमला भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि सांघातिक हमला भएको हो।

आक्रमणबाट विक गम्भीर घाइते भएका छन्। विकमाथि तुलसीपुर १२ गोलौरीमा आक्रमण भएको जानकारी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले दिएका छन्।

विक बाँया खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले गएराति उद्धार गरेर अस्पताल पुर्‍याएको डिएसपी सिंहले बताए।

उनको दुबै हातमा पनि धारिलो हतियार प्रहार भएको छ।

घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारका लागि बाँके रिफर गरिएको डिएसपी सिंहले जानकारी दिए। बाँकेबाट पनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइहरेको भन्ने खबर आएको सिंहले बताए । अत्यधिक रक्तस्राव भएका कारण घाइते विकको अवस्था चिन्ताजनक रहेको छ।

गएराति दश बजेतिर प्रहरीले बिकलाई घाइते अवस्थामा फेला पारेर उद्धार गरि अस्पताल पुर्‍याएको थियो।

प्रहरीले बिकमाथि सांघातिक हमला गर्ने व्यक्तिहरुको खोजी भइरहेको बताएको खबर सेतोपाटीमा प्रकाशित छ।