२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर ।

रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए ।

यस्तै कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको डा। गौतमले जानकारी दिए ।