२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

हापुरेमा अटो दुर्घटना हुँदा ४ जना घाइते

पश्चिम दाङको हापुरेबाट तुलसीपुर जाँदै गरेको अटो बबई गाउँपालिका वडा नं. ५ पूर्बहापुरेमा दुर्घटना हुँदा अटो चालकसहित ४ जना घाइते भएका छन् ।

अटो दुर्घटनामा घाईते भएकाहरुको अहिले हापुरेमा उपचार भैरहेको छ ।

अटो अनियन्त्रितत भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख कृष्ण बहादुर खड्काले जानकारी दिनुभएको छ ।

घाईतेहरूको अवस्था सामान्य रहेको र अटो र अटोचालकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको खड्काले बताउनुभयो ।