२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना पुष्टि

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना पुष्टि भएको छ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले कोरोनाविरुद्ध लड्दालड्दै आफै संक्रमित भएकाले आफूसँग सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।