२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

रोल्पामा लडेर ६३ बर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

रोल्पामा गएराति लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. २ उमा घर भइ स्थानीय धवलडाँडामा किराना पसल गर्ने ६३ बर्षीय दलबहादुर पुनको लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काका अनुसार पुन गएराति सवा ९ बजेतिर आफ्नै पसलको ढोका बाहिर अचेत अवस्थामा फेला परेका थिए । प्रहरी घटनास्थल पुगेर पुनको उद्धार गरि उपचारका लागि दाङतर्फ ल्याउँदै गर्दा उनको साढे १० बजेतिर बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमको लागि होलेरी अस्पतालमा राखिएको छ।